काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मदन राईलाई अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।
परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो ।
न्यायाधीश दाहालको इजालसले दोषी ठहर गरेका राईको कसुर ठहर र सजाय निर्धारणको लागि पेश गर्न पनि आदेश दिएका छन् ।


