काठमाडौं । आज बिहान ८ बजे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।
आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।
यसैबीच दिउँसो १ बजे बस्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।