काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो १ बजे ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने गौतमले बताए।
केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामका बारेमा समीक्षा हुनेछ। पार्टीको सांगठनिक कामको पनि समीक्षा हुने पार्टीका नेताहरूले बताएका छन्।