काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबैलाई समेटेरमात्रै संविधान संशोधन गर्नुपने बताएका छन् ।
नेता कोइरालाले बुधबार विराटनगरस्थिति आफ्नो निवासमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले संविधान भन्नेबित्तिकै कांग्रेस(एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए ।


