काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ।
आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठमा प्रचण्डको प्रस्तावमाथि छलफल भएको थियो। प्रस्तावमाथि ११८ जनाले धारणा राखेका थिए। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका थिए ।
काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताए ।