काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल देशमा लगानीको वातावरण बनाउन सरकारले अध्यादेश ल्याएको प्रष्टीकरण दिएका छन् ।
उनले संसद्मा शुक्रबार सम्बोधन गर्दे यस्तो प्रष्टीकरण दिएका हुन् । सम्बोधनका कैममा उनले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत संशोधन गरिएको उनले बताए ।
अध्यादेश मार्फत एकै पटक २९ वटा कानुन संशोधन गरिएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा देशले ‘अभूतपूर्व सुधारको थालनी’ गरेको उनले बताए ।


