काठमाडौं । विपक्षी दलहरुले सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न थालेको आरोप लगाइरहेकै अवस्थामा सरकारले सङ्घीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो ।


