काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शुक्रबार माओवादी केन्द्रले तुलसीपुर नगर कमिटीले तलसीपुरमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधनका क्रममा यस्तो आग्रह गरेका हुन् । पहिला लडाइँमा साथ दिएका जनताले अब सृमृद्धिको अभियानमा साथ दिने विश्वास पनि उनले व्यक्त गरे।
‘तपाईँहरूले जनयुद्धमा साथ दिनुभयो। शान्तिप्रक्रियामा साथ दिनुभयो। अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस्। अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा साथ चाहियो। त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ।’
ते


