काठमाडौं । संघीय संसद अन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।
सङ्घीय संसद्को हिउँदे अधिवेशन पनि आजबाट सुरु हुँदै छ । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।


