काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै प्रधानमन्त्रीले ५ वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
उनले शनिबार नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा गण्डकी प्रदेशभित्रका जनप्रतिनिहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ,’ थापाले भने, ‘हामीलाई समावेशी पनि चाहिएको छ। हाम्रो संसद्मा दलित चाहिएको छ । ’


