काठमाडौं । सत्तामा रहेको दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि परिपत्र गरेको छ ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरिएको समिति सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
सदस्य स्नेहीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम बुझाउनु पर्ने उल्लेख गरिएको छ।


