काठमाडौं । टीकापुर नगर विकास समितिमार्फत व्यक्तिका नाममा जग्गा नामसारी गर्दा अधिकांशमा किर्ते कागजात प्रयोग गरेको विशेष अदालतबाट ठहर भएको छ।
विशेष दालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ ।
दोषी ठहर हुनेहरूमा टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ ।


