काठमाडौं । समसामयिक विषयमा छलफल गर्न आज दिउँसो १ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । आइतबार संसदीय दलको बैठकमा दुई गैरसांसदले अध्यादेशबारे ब्रिफिङ गरेका थिए ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको थियो ।
बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।


