काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
बबरमहल रहेको कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् ।
आजको पत्रकार सम्मेलनमा रावलले एमालेले आफूमाथि लगाएका आरोपको पनि खण्डन गर्ने उनीनिकट नेताहरूले बताएका छन् ।
यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन्।


