काठमाडौं । आज सेयर कारोबारमा झिनो अंकले बढेको छ । आज बुधबार सेयर बजार ५.१० अंक बढेको हो ।
आज जम्मा ३ अर्ब ५९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो ।
फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।


