काठमाडौं । सत्तारुद दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथिको आक्रमणको प्रतिवाद गर्न निर्देशन दिएका छन् । उनले मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्दै निरन्तर अगाडि बढी नै रहनेछौँ’, ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
उनले आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पार्ने षड्यन्त्र र आक्रमणका विरुद्ध पार्टीपंक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।


