काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर काम गर्न निर्देशन दिएका छन् ।
सभापति देउावले बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा बसेको संसदीय दल र आफ्नो पार्टीबाट मन्त्री भएकाहरुको संयुक्त बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
उनले एमालेसँगको गठबन्धनको विकल्प नरहेको भन्दै पूर्वसहमति बमोजिम अघि बढ्न मन्त्रीहरूलाई निर्देशन दिए।
बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस(एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्ने बताए। सबै मन्त्रीले आ(आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए।


