काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू ९छेडिएको० भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रू भएको हो । ओली प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाइएको हो ।
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।


