काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन्। राप्रपाले पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर चियापान आयोजना गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै संक्षिप्त कुराकानी गरेका थिए। त्यस्तै चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत सहभागी थिए।


