काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षका राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयकाअनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको हो । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ।
बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।
सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्।


