काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्ने बताएका छन् ।
मन्त्री लेखकले सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए ।
मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुई वटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी दिए ।
त्य


