काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा छलफल हुनेछ । त्यस्तै सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
सत्ताको नेतृत्वकर्ता दल नेकपा ९एमाले० संसदीय दलको बैठक पनि आजै दिउँसो १ बजे बस्दै छ ।


