काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम पुगेका छन्।
त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले लालीगुराँस-२ चोस्लुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन्।
प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।अध्यक्ष प्रचण्डसँगै उपमहासचिव वर्षमान पुन तेह्रथुम गएका छन् ।


