काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।
उनी बुधबारदेखि सुरु हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन गर्न सुकुटे गएका हुन् ।
उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल,
माओवादी बागमती प्रदेशका अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेल, प्रदेशसभा सदस्य अमृता नेपाल केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।
प्रचण्ड यसअघि पनि बेला बेलामा सुकुटे पुग्ने गरेका थिए ।


