काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमा माधव नेपालबाहेक सबैलाई फर्कन आग्रह गरेका छन्।
प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर माधव नेपालले ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताए।
माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले बताए। नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे।
एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनको भनाइ छ। उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताए।


