काठमाडौं । जिल्ला अदालत कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा फैसला गर्नसक्ने अनुमान गरिएको छ ।
सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेका अनुसार बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए।
अब आज सरकारी वकिलले जवाफी बहस गर्ने उनले जानकारी दिइन्। बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।


