काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएपछि प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो ।
काठमाडौंमा थुनछेक नसकिँदासम्म उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिने भएको छ ।


