काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजश्व वृद्धिमा चित्त बुझाउने अवस्था नभएको बताएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘जिन्दगीभरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसाबले चापमा छौं । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’
साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए ।


