काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको बताइएको छ ।
सो घटनामा संलग्न आरोपमा यसअघि ५ जना पक्राउ परेका थिए । विक्रम लामाको पूर्व भाउजू धरान घर भएकी लक्ष्मी राई, धादिङ घर भएका रमेश सिलवाल, गोरखा घर भएका सिजन अधिकारी, निश्चल सुनार, दीपक बरामु, नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्सल र अजय लामालाई प्रतिवादी कायम गरिएको छ ।


