काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज पनि संसद्का ६ वटा विपक्षी दलको बैठक पनि बस्दैछ।
शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ। गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।


