काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत शिक्षा धेरै नै महत्वपूर्ण रहेको बताएका छन् ।
उनले नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभालाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । सभालाई सम्बोधन गर्दै उनले संस्कृतलाई विज्ञानसँग जोड्दै यसको संरक्षण,खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।


