काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो बुढानीलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।
पृथ्वी जयन्तीका अवसरमा राप्रपाले विभिन्न कार्यक्रम गर्दै आएको छ । राप्रपाले पृथ्वी जयन्तीको दिन प्रत्येक वर्ष चियापान गर्दै आएको छ । उक्त दिन राप्रपाले प्रमुख दलका शीर्ष नेताहरूलाई एउटै मञ्चमा समेत जुटाउँदै आएको छ ।
लिङ्देनले नेपालको राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जनयन्तीमा राप्रपाले गर्ने कार्यक्रमको निम्तो दिएका हुन् ।


