काठमाडौं । आज बसेको विपक्षी चार दलीय समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए । ‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, उनले भने ।


