काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्छ चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार चितवनको माडीकोस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रको भावना विपरीत काम गरिरहेको आरोप लगाए।
उनले भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ । त्यसैले हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाउँनुपर्छ ।’


