काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनमुखी हुनुपर्ने बताएका छन् ।
उनले बुधबार नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।’


