काठमाडौं । आज एकैदिन संघीय र्ससद अन्तर्गत रहेका पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको छ ।
यसैगरी मंगलबार बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ ।
यस्तै आज दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । उक्त बैठकमा मा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ ।


