काठमाडौं । आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नप्से १०.४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ विन्दुमा बन्द भएको हो । नेप्सेमा अनुसार आज ९ अर्ब १२ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ को घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
२ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा ४ कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।


