काठमाडौं । सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १०.६१ अंक घटेको हो ।
आज १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
१०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४।७६ प्रतिशत घटेकोमा आज सोमबार ३।४६ प्रतिशत बढेको छ ।
विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको मूल्य घटेका कारण यतिबेला सस्तो मूल्यमा आउँदा खरिद पक्ष बलियो देखिएको हो ।


