काठमाडौं । आइतबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता सेयर ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


