काठमाडौं । भोलिदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदै छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।
बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत नेता सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सकाउने तयारी छ ।


