काठमाडौं । बुधबार नेप्से उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ५२ दशमलव ३६ अङ्कले बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।
बुधबार ३२२ कम्पनीका ९० हजार ६९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३५० रुपैयाँ रहेको छ ।
१९६ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।


