काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइँदै छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्।
महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।