काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’, ज्वालाले भने ।