काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकता दिने दृढता ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका उनले बिहीबार प्रेस चौतारी सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् ।
उनले सुर्खेत विमानस्थलको धावनमार्ग थप गर्न सरकारबाट ३ सय मिटरका लागि बजेट छुट्याउने आश्वासन दिए।
उनले कर्णालीका जलविद्युत् आयोजना, पर्यटन र पूर्वाधार विकासमा नेपाली कांग्रेस र एमालेको जोड रहेको बताए।