काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका छन् ।
संस्थापनइतर समूहका नेता समेत रहेको उनले मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा यस्तो आरोप लगाएका हुन् ।
‘हामी सत्तामा छौँ, तर सत्ता बाहिर छौँ । सरकारलाई खबरदारी गर्नु पर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने, ‘यो सरकार एमालेकरण भइरहेको छ कि भनेर चिन्ता लागेको छ ।’
कोइरालाले कांग्रेस–एमालेले संयन्त्रमार्फत् सरकार सञ्चालन गरेको भन्दै आपत्तिसमेत जनाए ।