काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले अनुदान फर्किनुमा दाता नै जिम्मेवार हुने टिप्पणी गरेका छन् ।
एमाले महासचिव पोखरेलले अमेरिकालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको रकम ठगी भएको बताएका थिए । महासचिव पोखरेलले सामाजिक सञ्जालमा ‘विदेशी अनुदानका कार्यक्रमको झन्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । ‘
गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुट्न पनि उनले आह्वान गरेका छन् ।