काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चुनिने व्यवस्थामा गए पार्टीभित्रको गुटबन्दी सदाका लागि अन्त्य हुने दावी गरेका छन् । ।
महामन्त्री थापाले शनिबार सल्यान कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा यस्तो जिकिर गरेका हुन् ।
उनले महाधिवेशनबाट चुनावमा जाँदा कुनै न कुनै समूहमा लाग्नैपर्ने, प्यानल बनाएर चुनाव लड्ने हुनाले पार्टीभित्र त्यो रोगको रूपमा फैलिएको बताए । पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट सीधै चयन गर्न विधान संशोधनका लागि बहस गर्न आवश्यक रहेको उनको भनाइ थियो ।त्यसरी नेतृत्व चयन गर्दा पार्टीमा नयाँ पात्र आउने, नयाँ प्रवित्ति ल्याउँछ र नयाँ बहसको सिर्जना हुने थापाले बताए । ‘