काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभियानले जनतासँग जोडिने धेरै सहयोग गर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री उनले आज जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा आयोजित जनजागरण सभामा यस्तो बताएका हुन् ।
पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेदविरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने उनले बताए ।
दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रका आदिबासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।