काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरू गर्ने भएको छ। उनले आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित गरेर यो अभियान सुरु गर्न लागेको हो ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।
‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते केचनाकबलबाट सुरू हुँदैछ।अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्यामा हामी केन्द्रित हुनेछौं,’ उनले भने। अभियानको समापन चैत्र ८ गते गरिने सापकोटाले बताए।