काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका छन् । उनले बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री लेखकले आगामी केही दिनभित्र नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने बताए ।
अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पूरा गर्नका लागि गठन भएको उनको भनाइ छ। उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे।